एनसिसी तालिमबाट ५ सय ४७ दिक्षित

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १९:५५
एनसिसी तालिमबाट ५ सय ४७ दिक्षित

नेपाली सेनाको राष्ट्रिय सेवा दलदले कावासोती नगरपालिका १ हात्तीखोरमा संचालन गरेको एनसिसी तालिमबाट ५ सय ४७ जना दिक्षित भएका छन्। १५ औं सिनियर ब्याज अन्तर्गत सेवा दलको मध्य तालिम शिक्षालयबाट उनीहरु दिक्षित भएका हुन् ।

मंगलबार नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापाले क्याडेटहरुलाई दिक्षित गरेका थिए। ७९ दिने संस्थागत तालिम पश्चात २१ दिन वार्षिक सामुहिक क्याम्प गरि १ सय दिने विभिन्न विधाका तालिम सहभागी भएको ८ जिल्लाबाट १६ विद्यालयका ५ सय ४७ जना क्याडेटहरु दिक्षित भएका हुन्। अन्तिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले १ सय दिनको तालीम सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिदै सहभागी क्याडेटहरुले प्रदर्शन गरेको कवाजको उच्च मुल्याङ्कन र प्रशंसा समेत गरेका छन्। दिक्षित भए पश्चात विद्यार्थीहरुका क्षमता अभिबृद्धि गर्ने प्रशस्त बाटाहरु खुल्ला भएको उहाँको भनाई छ।

तालिम पश्चात क्याडेटहरु मध्येका केही उत्कृष्ट छात्र/छात्राहरुले विगतका व्याचहरु सरह यूवा आदान प्रदान कार्यक्रम अन्तर्गत मित्रराष्ट्र भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका, सिंगापुर तथा बंगलादेशमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर समेत प्राप्त गर्नेछन् । छात्रा तर्फ महाकवी देवकोटा मा.वि. परासीकी सर्मिला गोर्खाली यस क्याम्पको सर्बोत्कृष्ट भएकी छिन् भने छात्र तर्फ वेथल ईङ्गलिस बोर्डिङ्ग स्कुल पाल्पाका दिल बहादुर बराल सर्वोत्कृष्ट भएका छन् ।

क्याडेट सर्मिला गोर्खालीले आफ्नो अनुभब राख्दै तालिमले आफुहरुलाई अनुशासनको पाठ सिकाएको र नेतृत्व तथा व्यक्तित्व क्षमताको विकास भएकोे बताईन्। राष्ट्रिय सेवा दल १५ औँ व्याचको वार्षिक चौथो क्याम्प अन्तरगत २१ दिने आवासीय क्याम्पका क्याडेटहरुलाई नेतृत्व, व्यक्तित्व विकास, उत्प्रेरणा, दैवी प्रकोप उद्वार, वाक कला, नृत्य कला, कराँते, ड्रिल, कवाज लगायत विभिन्न विद्यामा तालिम प्रदान गरीएको मध्य पश्चिम तालिम शिक्षालयका तालिम अधिकृत सेनानी नर बहादुर क्षेत्रीले जानकारी दिए।

युवाहरुको व्यक्तित्व, नेतृत्व विकास, राष्ट्रिय एकताको भाव जागृत गराउने उद्देश्यले सञ्चालित राष्ट्रिय सेवा दल परियोजना नेपाल सरकार सहयोगमा नेपाल आर्मीले २०२२ साल देखि सञ्चालन गर्दै आईरहेको छ। वर्षेनी देशभरिका ५ सय युवाहरुलाई दिंदै आएको यो तालिमको प्रभावकारिता र माग बढ्दै गएपछि सरकारले सहभागी संख्या वृद्वि गरेको छ। यस वर्ष यो कार्यक्रममा ७ हजार ७ सय युवा विद्यार्थीहरु सामेल भएका छन् ।

प्रकाशित : २०७६ माघ २८ गते १९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI