खाली पेटमा ‘ग्रीन–टी’ खानुहुन्छ? यि कुरामा ध्यान दिनुस

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते ७:३१
खाली पेटमा ‘ग्रीन–टी’ खानुहुन्छ? यि कुरामा ध्यान दिनुस

पेटको बोसो घटाउनको लागि महिलाहरु प्रायः ‘ग्रीन–टी’ पिउने गर्छन्। तर एक वा दुई कपभन्दा बढी ग्रीन–टीले शरीरलाई फाइदाभन्दा बढी नोक्सान गर्ने डाक्टरहरु बताउँछन्। धेरै वटा देशमा गरिएको अनुसन्धानमा ग्रीन–टीमा भएको क्याफिनले भोक नियन्त्रण गरे पनि यसले शरीरमा अन्य समस्याहरु पैदा गराउँछ।

अनुसन्धानका अनुसार ग्रीन–टी खाली पेटमा पिउनु हुँदैन। यो असर सीधा मेटाबोलिज्ममा पर्छ । जसले पेट पोल्ने, भोक नलाग्ने र एसिड उत्पन्न गराउँने जस्ता समस्याहरु पैदा गराउँछ। ग्रीन–टीसँग सधैँ हल्का ठोस पदार्थ सेवन गर्न विशेषज्ञहरुले सल्लाह दिएका छन् । 

यसैगरी, खाना खाइसकेपछि ग्रीन–टी पिउँदा पेट राम्रोसँग सफा हुने र तौल पनि नियन्त्रण हुन्छ। 

तर, खाली पेटमा ग्रीन–टी पिउँदा शरीरमा रगतको कमी आउँछ। खाली पेटमा २ वा ३ कप ग्रीन–टी पिउँदा शरीरमा रगतको कमी हुने गर्छ। 

धेरै मात्रामा ग्रीन–टी पिउँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ। जाडोमा मानिसहरु पानीको सेवन कम गर्ने गर्छन्। त्यसैले आवश्यकताभन्दा बढी ग्रीन–टीले शरीरमा पानीको मात्रा कम गराउँछ र डिहाइड्रेशन गराउँछ। ग्रीन–टीमा पाइने diuretic तत्वले शरीरमा पानीको मात्रा कम गराउँछ। 

जो मानिस अत्याधिक मात्रामा ग्रीन–टी पिउने गर्छन् ति मानिसहरुमा माइग्रेन र टाउको दुख्ने समस्या देखापर्छ। कहिलेकाँही टाउको दुखाईको कारण रक्तचाप उच्च हुन सक्छ। 

यसैगरी, कुनै महिलालाई ग्रीन–टी सेवन गर्दा अनुहारमा एक्नीको समस्या आउने गर्छ । 

प्रकाशित : २०७६ माघ २९ गते ७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI