नवलपरासीमा ट्याक्टर दुर्घटनामा ४ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते ८:०७

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। ट्याक्टरमा १६ जना सवार रहेकोमा ४ जना सकुसल रहेको र बाँकी ८ जना घाइते भएका छन्।

फाईल तस्बिर

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ बर्षय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ बर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० बर्षीय पूर्णबहादुर थापा, २५ बर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो।
दुर्घटनामा ४ जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर रहेको छ। उनको टाउको र खुट्टामा चोट लागेको छ।

त्यसैगरी ४० बर्षीय छालबहादुर सारु मगर, २९ बर्षीय विमलराज सुस्लिङ्ग मगर, ११ बर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको छ।
लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका हरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
मृतक दुई जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र बुलिङ्गटारमा रहेको छ भने दुई जनाको शव पुरानो मेडिकल कलेज चितवनमा रहेको छ।
ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ माघ २९ गते ८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI