दुई किलोमिटर लम्बाइमा फलाम खानी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते ८:०९
दुई किलोमिटर लम्बाइमा फलाम खानी

झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ। खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो।

विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ। त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीको एक सातादेखि अध्ययन गरिरहेको छ। टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको पोखरलले जानकारी दिए।

उनका अनुसार इलेक्ट्रिकल रेसिस्टीभिटी (ईआरटी) को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको छ ।

अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ। २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ। टोलीले नमुना संकलन गरिरहेको पोखरेलले बताए। यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ।

प्रकाशित : २०७६ माघ २९ गते ८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI