No ads found for this position

इमान्दार अटो चालक रङ्गनाथ अधिकारीले, भेटिएको मोबाइल गरे फिर्ता!

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते ८:५१
No ads found for this position
इमान्दार अटो चालक रङ्गनाथ अधिकारीले, भेटिएको मोबाइल गरे फिर्ता!
No ads found for this position

नारायण प्रभु। माघ २९ नवलपुर

दिनभर पिडामा थियौं मोबाईल हराएर। दिउँसो तीन बजेदेखि लगातार कल गर्नमै व्यस्त थियौं हामी। घन्टी बज्थ्यो तर उठेन्।महत्त्वपूर्ण त बीस हजारको मोबाइल भन्दा पनि त्यस भित्र रहेका करोडौं मुल्यले पनि किन्न नसकिने आफन्त तथा साथीभाईका नम्बरहरु थिए।

घरमा दिनभरी लगाएर खोज्यौं पत्तै लागेन। तर पनि पटक पटक डायल गरिरहँदा पनि घन्टी गईरहने मोबाइल स्विचअफ नभैसकेकाले भने भेटिन्छ कि भन्ने झिनो आशा यथाबत नै थियो।

त्यही झिनो आशा बोकेर साँझ फेरि एकपटक नम्बर डायल गर्यौं नभन्दै फोन उठ्यो। कावासोती ६ पुर्वटोला निवासी रङ्गनाथ अधिकारीले चलाउने अटोमा उक्त मोबाईल खसेको रहेछ।

भाइब्रेसनमा भएकाले दिनभरी घन्टी बजेको थाहा नपाएको हुँदा साँझ मात्र अटो घर राख्ने समयमा थाहा पाएपछि मात्रै फोन उठेको हो।

इमान्दार अटो चालक अधिकारिले मोबाइल मसँग छ भनेपछि हामी उहाँकै घरमा गएर मोबाइल लियौं।

नवलपुर कावासोती अटो व्यवसायी संघका एक सदस्यसँग कुरा राखेको थिएँ। उहाँको भनाई अनुसार यस संस्थामा आवद्ध ९५ प्रतिशत अटो चालकहरुले ग्राहकहरुको छुटेका सामानहरु फिर्ता गरेको रेकर्ड छ उहाँले भने जस्तै भयो। बजारमा हल्ला गरे जस्तो ठग फटाहा हुँदा रहेनछन् अटो चालकहरु! इमान्दार हुँदा रहेछ्न। साँझ नै फोन गरेर धन्यवाद दिएँ मैले अधिकारी जि लाई, उहाँले खुशी हुँदै अटो चलाएको दुई वर्ष भित्र यो तेस्रो पटक छुटेको मोबाइल आफ्नो ग्राहकलाई फिर्ता गरेको अनुभव उहाँले सुनाउनु भयो। फेरि पनि धन्यवाद! इमान्दार अटो चालक रङ्गनाथ अधिकारी जि।

प्रकाशित : २०७६ माघ २९ गते ८:५१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI