मेयर र उपमेयर भारत भ्रमणमा जाँदा, गाउँपालिकामा सार्वजनिक विदा!

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते ९:०७

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले मेयर र उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको छ। बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन्। ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालीन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीका अनुसार मेयर र उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएका हुन्। मेयर र उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि अहिले विवाद भएको छ। बैठक नै नगरी बिदा दिने निर्णय भएकोमा वडाध्यक्षहरू असन्तुष्ट छन्।

नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेका थिए। नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख छ। तर् नगरपालिकाकै विवरण हेर्ने हो भने उक्त नगरपालिका माघमा नभई फागुन २७ गते स्थापना भएको देखिन्छ।

प्रकाशित : २०७६ माघ २९ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI