अमेरिका ३५ रनमा अलआउट!

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते १०:३६
अमेरिका ३५ रनमा अलआउट!

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ३५ ओभरमा अल आउट गर्दै विश्व कीर्तिमान रचेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो । अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शुन्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए । सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए । सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए ।

आठौं ओभरको दोस्रो बलमा सन्दीपले मोनन्क पटेललाई ४ रनमा बोल्ड आउट गरे । सन्दीपले यसै ओभरको पाँचौ बलमा निसरग पटेललाई २ रनमा बोल्ड आउट गरेपछि अमेरिका संकटमा परेको हो । नवौं ओभरको तेस्रो बलमा सुशनले आरोन जोन्सलाई ४ रनम बोल्ड आउट गरे । सन्दीपले १० औं ओभरको पाँचौ बलमा तिमिल पटेललाई १ रनमा एलबिडब्लू आउट गरे ।

११ औं ओभरको पहिलो बलमै सुशनले क्यामरन स्टिभेन्सनलाई १ रनमा बोल्ड आउट गरे । भारीले अन्तिम बलमा रस्टी थेरनलाई शुन्यमा एलबी डब्यू आउट गरे । सन्दीपले १२ औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलो पटक पाँच विकेट पुरा गरे । उनी ओडीआईमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यस अघि युएईसँगको दोस्रो एक दिवसिय खेलमा सोमपाल कामीले लिएका थिए ।

प्रकाशित : २०७६ माघ २९ गते १०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI