No ads found for this position

नवलपुर सदरमुकामको डिपिआर तयार, निर्माणका लागि १५ अर्व खर्च लाग्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते १५:४८
No ads found for this position
नवलपुर सदरमुकामको डिपिआर तयार, निर्माणका लागि १५ अर्व खर्च लाग्ने
No ads found for this position

रमेश बस्ताकोटी

नवलपुर जिल्लाको एकिकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १० महिना अघि शिलान्यास गरेको परियोजनाको डिपिआर तयार भएको नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तिलक महतले जानकारी दिए।

सांसद महत सहित प्राविधिकहरुको टोलीले बुधबार प्रधानमन्त्रीलाई भेटेर परियोजना बारे जानकारी गराएका छन्। महतले भन्नुभयो,“डिपिआर तयार भयो,अब नमुना सदरमु्कामको काम दु्रत गतिमा अघि बढ्छ। ” डिपिआर हेरिसकेपछि प्रधानमन्त्री ओलीले खुशी व्यक्त गर्दे त्यसको निर्माणमा अब ढिला नहुने प्रतिक्रिया दिनुभएको सांसद महतले जानकारी दिए।

डिपिआर अनुसार एकिकृत नमुना सदरमुकाम बनाउन १५ अर्ब भन्दा बढी खर्च लाग्छ। एउटा भवनमा चारवटा सरकारी कार्यालय अट्ने गरि डिजाईन तयार भएको सांसद महतले जानकारी दिए।

“सरकारी भवनहरुमात्र होईन, पर्यटकीय आकर्षणका लागि एउटा टावर समेत बन्नेछ, जहाँ नवलपुरका सबै सथानीयतहका बारेमा जानकारी हुनेछन्।” सोहि भित्र २० हजार मान्छे अट्ने क्रिकेट रंगशाला र २५ हजार मान्छे अट्ने फुटबल रंगशाला पनि बन्नेछन् ।” सांसद महतले भन्नुभयो।

डिपिआर तयार गर्ने जिम्मा पाएको माईलस्टोन डिजाईन एण्ड प्लानिङ्ग कन्सर्न प्रा.लि.ले मंगलबार डिपिआरलाई अन्तिम रुप दिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ्गले समेत डिपिआर हेरेर काम अगाडी बढाउन निर्देशन दिईसकेका छन् ।

कावासोती ३ मा रहेको १८६ विगाहा जग्गामा एकिकृत नमुना सदरमुकाम बन्दैछ। “अब काम अघि बढ्छ, डिपिआर ले अन्तिम रुप पाएको छ। यो सबै नवलपुरवासीका लागि खुशीको कुरा हो।” महतले भन्नुभयो । संघियता पछि नवलपरासी जिल्ला टुक्रिएर नवलपुर नयाँ जिल्ला बनेपछि अहिले अधिकांश सरकारी कार्यालयहरु भाडामा बस्दै आएका छन् । ति कार्यालयहरुले मासिक ९ लाख भन्दा बढी भाडा रकम बुझाउँछन्।

प्रकाशित : २०७६ माघ २९ गते १५:४८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI