माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा  चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते १७:३५
माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा  चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर  भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईसमेत जोडिएको आरोपसहित उनीहरुलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका छन् । अधिवक्ता न्यौपानेले मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको दाबी समेत रिटमा गरेका छन् । 

प्रकाशित : २०७६ माघ २९ गते १७:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI