मध्यविन्दु नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते १८:२७
मध्यविन्दु नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

चालू आ.वमा १८ करोड २७ लाख ५९ हजार ९ सय ८४ थप बजेट विनियोजन

चोरमारा/२९ माघ

मध्यविन्दु नगरपालिकाको हिउँदे अधिवेशन एवं छैठौं नगरसभा चालु आर्थिक वर्ष २०७६/७७ का लागि १८ करोड २७ लाख ५९ हजार ९ सय ८४ रुपैया बजेट गर्दै सप्पन्न भएको छ । मध्यविन्दु नगरपालिकाको बुधवार सम्पन्न छैठौ नगर सभामा गत आर्थिक वर्षको बचत र राजश्व वाडफाड लगाएतका विभिन्न शिर्षकमा थप भएको कुल रकमलाइ संसोधन गरि अनुमानित रु ८७ करोड ७५ लाख ६० हजार ४ सय ६० आय प्रस्तुत गरीएको हो । चालु आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको केही योजनाहरुको वडागत सिफारिसको आधारमा गरिएका संशोधित योजनाहरु, समपुरक कोषवाट विनियोजन गरिएका योजनाहरु एवं अन्य थप विनियोजित भएका थप योजना शीर्षकहरुलाइ पारित गरि नगरको छैठौ नगर सभा सम्पन्न भएको हो ।

मध्यविन्दु नगरपालिकाकी उप प्रमुख ओमकुमरी महत्तोले प्रस्तुत गर्नु भएको चालु आर्थिक वर्षको हाल सम्मको आम्दानी र खर्च विवरण अनुसार पौष मसान्त सम्म १ करोड ९४ लाख ४६ हजार ५ सय राजश्व संकलन भएको छ । त्यसैगरी चालु खर्च तर्फ ३४.८ प्रतिशत खर्च भएको छ भने पूजीगत तर्फ १३.९१ प्रतिशत खर्च भएको छ । मध्यविन्दु नगरपालिकामा चालु आर्थिक वर्षका कुल योजना १ सय ५५ मध्य १२ योजना सम्पन्न भइ सकेका र १ सय ३९ वटा योजना सम्झौता हुन वाकी रहेको जनाइएको छ । नगरपालिकाले थप भएको वजेट वाट शिक्षा, कृषि, स्वास्थ्य ,भौतिक पुर्वाधारमा प्राथमिकता सहित वजेट विनियोजन गरेको उप प्रमुख महत्तोले वताउनु भयो । नगर भित्रका कक्षा १२ सम्म सन्चालन भएका सामुदायिक विधायहरुलाइ बस खरिदका लागि प्रति विधालय १० लाख बजेट व्यवस्था गर्ने निर्णय गरिएको छ । नगर सभामा वोल्दै मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर रानाले वडाहरु बाट आएका योजनाहरु को संशोधन सहित नगर सभामा पेश गरिएको वताउनु भयो । नगरले शिक्षा, स्वास्थ्य , कृषि लाइ पहिलो प्राथमिकता दिएको वताउदै उहाले समृद्धिका लागि सिंगो नगर कार्यपालिका एक रहेको सन्देश छैठौ नगर सभाले दिएको वताउनु भयो । मध्यविन्दु नगरपालिकाको अहिले सम्मका नगर सभा एवम् कार्यपालिका वैठकहरु सर्वसम्मती र एकमतका साथ सञ्चालन र सम्पन्न हुदै आएको स्मरण गर्दै नगर प्रमुख रानाले सवै योजनाहरु समयमै सम्पन्न गर्न जनप्रतिनिधीहरुलाइ आग्रह गर्नु भयो । साथै नगरसभाले स्थानीय तहमा वातवरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाइ पारित गरेको छ । नगर सभामा पेश गरिएको विधेयक सर्वसम्मतले परित गरिएको हो । मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाको सभाअध्यक्षतामा सम्पन्न नगर सभामा नगर उपप्रमुख ओमकुमारी महत्तो , प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त न्यौपाने सहित नगर कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ माघ २९ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI