क्युएएका लागी अगाडि बढदै कुमारवर्ती: आयोग द्वारा स्थलगत अनुगमन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते १९:०७
क्युएएका लागी अगाडि बढदै कुमारवर्ती: आयोग द्वारा स्थलगत अनुगमन

कावासोती : नवलपुरको सबैभन्दा पुरानो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पस क्युएएको प्रक्रियामा अगाडी बढेको छ । उच्च शिक्षामा गुणस्तर कायम गराउनका लागि बिश्वबिद्यालय अनुदान आयोगले शुरु गरेको गुणस्तरको सुनिश्तिता र मान्यता अर्थात् क्युएए ( Quality Assurance and Accreditation) को प्रक्रियामा क्याम्पस अगाडी बढेको क्याम्पस प्रमुख गुरु सुवेदीले जानकारी दिए ।

क्युएए प्रमाणपत्र पाउनका लागि क्याम्पसले आवेदन दिएपछि विश्व बिद्यालय अनुदान आयोगको टोलीले क्याम्पसको स्थलगत अध्ययन र अवलोकन समेत गरेको छ ।

प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा गठित बिभिन्न बिषयका प्राध्यापकहरु सम्मिलित टोलीले तिन दिन लगाएर अध्ययन अबलोकन गरेको हो । सो क्रममा टोलीले भौतिक पुर्वाधार , शैक्षिक गुणस्तर , बिद्यार्थी संख्या र उनिहरुको अबस्था , अतिरिक्त क्रियाकलाप , सामाजीक तथा सामुदायिक सम्बन्ध , दक्षजनशक्तीको अबस्था लगायतका बिषयमा गहिरो अध्ययन गरेको टोलीका संयोजक आचार्यले जानकारी दिए ।

प्रकाशित : २०७६ माघ २९ गते १९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI