सिन्धुपाल्चोकमा कोरोना होइन, मौसमी रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते ७:४८
सिन्धुपाल्चोकमा कोरोना होइन, मौसमी रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा मौसमी रुघाखोकी भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै रुघाखोकी भएको बताएका हुन्। उनले भने ‘भाइरलको प्रकोप हो। विशेषज्ञ टोली नमूना परीक्षणकालागि जाने भएका छन। अहिलेसम्मको रिपोर्टका आधारमा कोरोना भाइरसको संक्रमण होइन।’

गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा कोरोना भाइरसको आशंका गर्दै मंगलबार पत्राचार गरेको थियो। कोरोना भाइरसको लक्षणसँग मिल्ने रूघाखोकी, अत्याधिक ज्वरोका बिरामी बढेको पत्रमा मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नभई मौसमी रुघाखोकी भएको जनाएको छ। गाउँमा ठूलो परिणाममा भाइरलको औषधी नहुँदा बिरामीको संख्या बढेको प्राथमिक स्वस्थ्य केन्द्र जलबिरेका डा. पिताम्बर खनालले बताए। गाउँमा औषधि पुर्‍याएपछि बिरामीहरु निको हुँदै गएको उनले जानकारी दिए।

सदरमुकामबाट गएको चिकित्सक टोलीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विज्ञप्ति जारी गर्दै कोरोना नभई सिजनल फ्लु भएको उल्लेख गरेका छन् । प्रारम्भिक परीक्षणमा मौसमी रुघा खोकीले समस्या ल्याएको जनस्वास्थ्य कार्यालयलाई उदृत गर्दै प्रजिअ ढकालले जानकारी दिए। ‘सामान्य परीक्षणबाट यही हो भन्ने अबस्था नआउन सक्छ’, ढकालले अन्नपूर्ण अनलाइनसँग भने, ‘राजधानीबाट ल्याबका विज्ञको टोली साँझसम्म पुगेपछि थप पुष्टि होला ।

प्रकाशित : २०७६ फागुन १ गते ७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI