कोरोनाको आशंका गरिएका बिरामी टेकु अस्पतालबाट फरार

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते ८:०९
कोरोनाको आशंका गरिएका बिरामी टेकु अस्पतालबाट फरार

कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक व्यक्ती टेकु अस्पतालबाट फरार भएका छन् । साउदी अरेवियाका नागरिक अस्पतालबाट फरार भएको अस्पतालले जानकारी दिएको छ।

चीनको बाटो हुँदै नेपाल आएका एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए । उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।

प्रकाशित : २०७६ फागुन १ गते ८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI