पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते १४:२९
पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का

काठमान्डाैं  / पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् ।तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् । पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ ।


खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो । खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् ।श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा–आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा त नेपाली राजनीतिमा चर्चित नाम हो ।

प्रकाशित : २०७६ फागुन १ गते १४:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI