डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख देवकोटा र कार्यालय सहयोगी घुस सहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते १९:३०
डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख देवकोटा र कार्यालय सहयोगी घुस सहित पक्राउ

नवलपुर/फागुन १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेली २ लाख घुस रकम सहित पक्राउ परेका छन् । निमित्त कार्यालय प्रमुख देवकोटा र करारमा रहेका कार्यालय सहयोगी तेलीले टेण्डरको काठ उठाए वापत सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने उजुरी एवम सूचना पाएपछि अख्तियारले टोली खटाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई रु. २,००,०००।– (दुई लाख) घुस लिइसकेको अबस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट नियन्त्रणमा लिएको थियो । अहिले थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

थप विवरण

http://www.ciaa.gov.np/pressrelease/1573

प्रकाशित : २०७६ फागुन १ गते १९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI