No ads found for this position

श्रीस्वस्थानी च्यात्ने होइन पढौं माननीयज्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते २०:२५
No ads found for this position
श्रीस्वस्थानी च्यात्ने होइन पढौं माननीयज्यु
No ads found for this position

सबु आरोही

सांसद यसोदा सुवेदी गुरुङले मंगलबार प्रतिनिधी सभामा बोल्दै श्रीस्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेको समाचार देशव्यापी फैलियो । कसैले यस कुरालाई समर्थन जनाए भने कसैले आ आफ्नै तवरबाट टीका टिप्पणी गर्दै आलोचनात्मक व्याख्या गरे । मलाई पनि यस बिषयमा केही कुरा नबोलिरहन मन लागेन !
पौष शुक्ल पुर्णिमादेखी माघ शुक्ल पुर्णिमा सम्म पार्वतीले श्रीस्वस्थानी देवीको आराधाना गरेकै कारण शीवलाई पतिको रुपमा वरदान पाएको कारण सनातन धर्मालम्वीहरुले हरेक वर्ष आ-आफ्नो मनोकामना पुरा हुन्छ भन्ने जनविश्वासका साथ श्रद्धापुर्वक कथा श्रवण र वाचन गर्दै एक महिना अवधीभर ब्रत बस्ने प्रचलन छ । हुन त यो संसारमा हरेक सम्प्रदाय ,जात ,धर्ममा कुनै न आस्था/विश्वास रहेकै छ । त्यही आस्थामै अडिएर संसार धानिएको छ ।
श्रीस्वास्थानी कथा पौराणिक साहित्य हो । पुर्वीय साहित्य लेखनको सुरुवात पाँच हजार बर्ष अगाडि बाटै भएको मानिन्छ । जसलाई ‘वैदिक कालिन’ समय पनि भनिन्छ । वेद उपनिषदहरु वैदिककालमै लेखिएको थियो तर पुराणहरु भने वैदिककालको पछिल्लो समयमा लेखिएको हो ।’श्री स्वस्थानी कथा’ स्कन्ध पुराणबाट झिकिएको अंश हो । हरेक समयको साहित्यले तत्कालिन समाजको कुनै न कुनै रुपबाट तत्कालिन समयको समाज चित्रण गरेकै हुन्छ । वेदमा लेखिएको “यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता खुशी हुन्छन भन्ने कुराबाटै वैदिक कालमा महिलाहरुलाई सम्मान थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ । केही समय अगाडी नेपालको शासन सत्तामा एकैपटक तीन महिलाहरु प्रमुख (राष्ट्रपति विद्यादेवी, समामुख ओनसरी, प्रधानन्यायधिस शुशिला) भएजस्तै अझ विद्या क्षेत्रको प्रमुख सरस्वति, आर्थिक क्षेत्रको प्रमुख लक्ष्मी र बल, सश्त्र/अस्त्र को प्रमुख देवी भएको कुराबाट पनि वैदिक कालमा महिलाहरु शक्तिशाली, क्षमतावान, दक्ष, स्वतन्त्र, अधिकारी थिए भन्ने कुरामा स्पष्ट हुन सकिन्छ ।

वैदिक कालमा महिलाको अवस्था निकै उच्च रहेको तथ्य ऐतिहासिक ग्रन्थमा पनि उल्लेखित छ किनकि वैदिक कालमा स्त्रीहरु पनि वेदाध्ययनबाट वर्जित थिएनन् । उनीहरु पनि व्रह्मचारिणी भई वेदाध्ययनबाट ब्रम्हवादिनी भएर बस्न सक्दथे । छात्राबासमा अलग व्यवस्था हुन्थ्यो । अध्ययन समाप्त गरी गृहस्थाश्रममा प्रवेश गर्ने महिलालाई सदोवधु र सन्यास लिने महिलालाई ब्रह्वादिनी भनिन्थ्यो । गाग्री, मैत्रेयी यिनै खालका विदुषी हुन।
वैदिक काल भन्दा पछाडी प्राचिन कालिन समय (लिच्छवीकाल,मल्लकाल,राणाकाल) का बिचमा बिस्तारै महिलालाई निकै विभेद र दमन गर्ने परिपाटी चल्दै आयो महिलाहरुलाई शिक्षामा मात्र नभई सामाजिक , आर्थिक क्षेत्रका अधिकारबाट बञ्चित बनाउन थालियो ! तत्कालिन समयमा निति-नियम, अनुशासन आदी कायम गर्न धार्मिक पुस्तक, निति शास्त्रहरु लाई नै आधार मानिन्थ्यो ! धार्मिक पुस्तकहरु लेख्ने लेखकहरु पुरुषहरु मात्रै हुनथाले त्यसैले पछिल्लो समयमा लेखिएका चाणक्य निति,मनु स्मृती आदीमा महिलालाई गौण ठानेर लेखेको गन्ध भेटिन्छ ! त्यसैगरी श्रीस्वस्थानी कथामा पनि कतै कतै महिलालाई गौण बनाएर लेखिएको तत्कालिन समाजको प्रभाव हो । कथालाई संस्कृतबाट उल्था गरेर अरु भाषामा लेख्ने क्रममा पनि कतिपय कुरा तत्कालिन लेखकहरुले उक्त समयको अवस्थालाई थपथाप गर्दै लेखेका पनि हुन । उक्त कथालाई लिएर वर्तमान समाज सँग तुलना गरेर पुस्तक नै च्यात्नु उचित देखिदैन

श्रीस्वस्थानी कथा विशेषगरी शिव पार्वतीका जीवनलीला लाई मुख्य भुमिकामा राखिएको छ । सति देवीको प्रशंगमा हेर्दा दक्ष प्रजापतिकी छोरी सतिदेवीले अभिभावकको सहमतिबिना शिवजी सँग विवाह गरेको कारण माईतीमा आवतजावत नभएको र त्यसै बेला माईतिमा महायज्ञ हुँदा माईतीबाट शिवजीलाई निम्तो नभएको हुँदा त्यो अपमान सहन नसकी त्यही अग्नीकुण्डमा हाम फालेर देह त्याग गरेको घटनाले श्रीमानप्रतिको सम्मान ब्यक्त गर्दछ ।त्यसैगरी सति मरिसकेपछि शिव बौलाहाजस्ता भएर सतिको लासलाई काँधमा हालेर रुँदै कराउँदै सारा भुमण्डल डुलेको घटनाले श्रीमतीप्रतिको अगाध माया प्रेमलाई दर्शाउँछ । त्यसैगरी सात बर्षकी गोमा ब्रह्माणीलाई सत्तरी बर्षका शिव सँगको बिहेको प्रसंगले त्यो समयमा अनमेल विवाह मान्य रहेछ भन्ने थाहा पाउन सकिन्छ अनमेल विवाह मात्र होईन गोमाको जीन्दगीका जीवन संघर्ष र उतार चढावबाट जस्तोसुकै परिस्थितीमा पनि जिन्दगी हार्नु हुँदैन भन्ने बडो हिम्मतिलो सन्देश समेत पाउन सकिन्छ । साहित्य भनेका समाजका दर्पण हुन हरेक समयका र हरेक समाजका साहित्यले उक्त समाजको कथास्थिती चित्रण गर्ने हुँदा साहित्यलाई ईतिहासको आधारस्तम्भ मानिन्छ । साथै ईतिहासका साक्षी भनेकै ग्रन्थ, पुस्तक, कथा हरु नै हुन ! बुद्दिजीवी मान्छेले ईतिहास जोगाउन तर्फ लाग्नुपर्छ । पुस्तक च्यात्न खोज्नु मुर्खता हो किनकी भावी पुस्ताले पनि प्रागईतिहास थाहा पाउन सकुन । त्यसैले श्रीस्वस्थानी च्यात्ने होइन पढौं माननीयज्यु । जय ईतिहास !!

लेखक -संस्कृती बिषयमा स्नातकोत्तर हुन

प्रकाशित : २०७६ फागुन १ गते २०:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI