कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु: फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते २१:०३
कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु: फोटो फिचर

कावासोती/ फागुन १

कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज बाट कावासोती-१६ शहिदनगर डण्डामा सुरु भएको छ । कावासोती नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको सहयोगमा जनता माध्यमिक विद्यालय डण्डाको आतिथ्यतामा आज बाट प्रतियोगिता सुरु भएको हो । कावासोति नगरपालिकाकि नगरप्रमुख चन्द्राकुमारी पुनको अध्यक्षता एवं नवलपुर क्षेत्र नं २ का सांसद प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यता सम्पन्न उदघाटन सत्रमा प्रतियोगिताको प्रमुख अतिथी महतले उदघाटन गर्नु भएको थियो । प्रतियोगिता आज बाट सुरु भएर फाल्गुन ३ सम्म चल्ने कावासोती नगरपालिकाका नगरशिक्षा अधिकृत क्षेत्रबहादुर भण्डारीले बताउनु भएको छ । प्रतियोगिता उदघाटन सत्रका केही झलकहरु

प्रकाशित : २०७६ फागुन १ गते २१:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI