कुवेतमा मृत्यु हुने ६ नेपाली मध्ये ४ जनाको पहिचान

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २ गते ४:०४
कुवेतमा मृत्यु हुने ६ नेपाली मध्ये ४ जनाको पहिचान

कुवेतको एक कन्ट्रक्सन कम्पनीमा बालुवाको ढिस्कोले पुरिएर मृत्यु हुने ६ नेपाली मध्ये ४ जनाको पहिचान खुलेको छ।

कुवेतस्थित नेपाली दूतावास कुवेतका अनुसार पाल्पाका एकबहादुर गाहा, सिराहका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन्।

बाँकी दुई जना मृतकको विवरण आउन बाँकी रहेको जनाइएको छ।

दूतावासका अनुसार घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भैरहेको र मनोरथ मण्डल सामान्य उपचार पश्चात कम्पनीमा फर्केका छन् ।

मंगलबार जमिन खन्ने क्रममा बम ब्लाष्ट गरेर ढुंगा फुटाल्ने क्रममा ६ जना नेपालीको मृत्यु हुन पुगेको थियो भने २ नेपाली घाइते हुन पुगेका थिए ।

प्रकाशित : २०७६ फागुन २ गते ४:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI