No ads found for this position

नेकपा अध्यक्षको अभिव्यक्तिप्रति नेपाली काँग्रेसको आपत्ति

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २ गते ४:१२
No ads found for this position
No ads found for this position

नेकपाका अध्यक्ष पुष्मकमल दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्ति लिएर नेपाली काँग्रेसले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रेस वक्तव्य जारी गर्दै दाहालले माओवादीको नेतृत्वमा भएको १० वर्षे युद्धलाई शान्तिपूर्ण अवतरण गराउने कार्यक्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जिम्मेवारी भूमिकालाई अर्थहिन ढंगले विवादित बनाउन खोजेको र त्यो अभिव्यक्ति राजनीतिक र आपत्तिजनक रहेको बताएको छ।

फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नु पर्यो भनेर स्व. कोइरालाले दाहाललाई यदि भनेकै भए किन उनी जिवीत छँदा नै सार्वजनिक भएन र निधनपछि ऐतिहासिक तथ्यलाई तोडमोड ढंगले आउनु गैर जिम्मेवार अभिव्यक्ति भएको उल्लेख गरिएको छ।
हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन गरेका नेताले हिंसात्मक आक्रमणका लागि प्रेरित गरेको भन्नु आफैमा विरोधाभाषपूर्ण भएको भनिएको छ।

‘जिम्मेवार ढंगले कार्य गर्न’ कोइरालाले कुनै बेला दाहाललाब्ई दिएको सुझाव सार्वज्निक रुपमा स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि सजग गराउँदछु’, वक्तव्यमा भनिएको छ।

प्रकाशित : २०७६ फागुन २ गते ४:१२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI