No ads found for this position

नवलपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २ गते १३:२७
No ads found for this position
नवलपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद
No ads found for this position

जिल्ला प्रहरी कार्यलय नवलपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमा काठमाण्डौ वडा नं २३ धुम्बाराही बस्ने रबि राई र दोलखा भिमेश्वर नगरपालिका वडा नं ११ का सुमन सुबेदीलाई शंकालागी खानतालसी गर्दा उनिहरुको साथबाट ५३ एम्पुल डाईजापाम, ५३ एम्पुल फेनरागन र ५३ एम्पुल नुफिन गरी जम्मा १०९ एम्पुल लागुऔषध र ३८ वटा सिरिन्ज सहित पक्राउ गरिएको छ ।

यस्तै गरि कावासोती नगरपालिका वडा नं १६ चालिसकिलो जंगलमा राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाण्डौ वडा नं.३२ का दिपक थापा र चितवन भरतपुर वडा नं ४ का कृष्ण कंडेल चढेको ना ४६ प ३४८७ को स्कुटर बाट नुफिन ३२८ एम्पुल, फेनारागन ३२८ एम्पुल, डाईजापाम ३२८ एम्पुल गरी जम्मा ९८४ एम्पुल र नाईट्रोभ्याट १५ टयाबलेट लागुऔषध फेला पारेको छ । सोही स्थानमा चेक जाँच गर्ने क्रममा प्रहरीले चितवन भरतपुर महानगरपालिका वडा नं ७ का दिपेश क्षेत्री ,वडा नम्बर २५ बस्ने नारायण क्षेत्रीबाट नुफिन ५५एम्पुल, फेनारागन ५५ एम्पुल,डाईजापाम ५५ एम्पुल गरी जम्मा १६५ एम्पुल पारी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ फागुन २ गते १३:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI