गैडाको आक्रमणमा परि वृद्ध गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २ गते १७:४४
गैडाको आक्रमणमा परि वृद्ध गम्भीर घाईते

कावासोति-चितवन राष्ट्रिय निकुन्ज बाट निस्किएको एक सिङ्गें गैडाले हानेर पुर्वी नवलपरासीमा एक जना वृद्ध गम्भीर घाइते भएका छ्न । कावासोती -१५ गोडांर आवासमा करिब ११ बजेको समयमा आफ्नै घरको आगनमा बसिरहेका ७५ वर्षीय गोपाल परियार गम्भीर घाइते भएका गुन्द्रही ढकाहा सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । आज शुक्रबार बिहान करिब ३ बजेको समयबाट निस्किएका ३ वटा गैडांले आतंक मच्चाए पछि स्थानीय त्रसित बनेका थिए । घाइते परियारलाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा सामन्य उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको नवलपुर प्रहरीले बताएको छ ।
निकुञ्जबाट निस्किएका गैडालाई खोजी गरि जंगल तर्फ फर्काउने प्रयासमा जुटेको अध्यक्ष महतोले बताए । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जबाट निस्क्ने गैडां लगाएत वन्यजन्तुले मानव बस्तीमा प्रवेश गरि आतंक मच्चाउने क्रम बढे पछि स्थानीय त्रसित बनेका छ्न ।

प्रकाशित : २०७६ फागुन २ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI