No ads found for this position

नवलपुर उत्कृष्ट शैक्षिक हब बन्न सक्छ : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २ गते २२:१८
No ads found for this position
नवलपुर उत्कृष्ट शैक्षिक हब बन्न सक्छ : महामन्त्री कोइराला
No ads found for this position

नवलपुर/ फागुन २

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नवलपुर नेपालकै उत्कृष्ट शैक्षिक हब बन्न सक्ने बताउदै यसका लागि सबै मिलेर अगाडि बढनु पर्ने बताएका छ्न । शुक्रवार नवलपुरको कावासोतिमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजको २० औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै कोइरालाले जिल्लामा संचालित क्याम्पसहरु मिलेर विश्वविद्यालयको अवधारणा बनाउन आग्रह गरेका छ्न । ” तपाईहरु मिलेर अवधारणा बनाउनुस त्यसलाई साकार पार्न मैले आवश्यक पहल गर्छु” कोईरालाले भने । कार्यक्रममा बोल्दै कोइरालाले नवलपुरको समग्र विकासमा आफ्नो पुर्ण सहयोग रहने बताए ।


क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्रध्वज जिसिको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु रोशन बहादुर गाहा मगर, विष्णु लामिछाने, ओमकल गौतम ,शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल लगाएतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा कलेजका प्रमुख बाबुराम रानाले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।


वार्षिकोत्सब समारोहमा कलेजले सन्चालन गरेको विभिन्न प्रतियोगिताहरुमा सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित : २०७६ फागुन २ गते २२:१८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI