रासस/काठमाडौ
सरकारको २ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सरकारले गरेका कामको विवरण सुनाए । तर प्रतिपक्षी दलहरु उनको कुरामा सहमत भएनन् । सांसदहरुले प्रधानमन्त्रीमाथि पश्नैप्रश्न उठाएका छन्ः
दिलेन्द्र प्रसाद बडु
सीमा विवादबारे १ लाइन खर्चिनुभयो । प्रधानमन्त्रीस्तरीय वार्ता कहिले हुन्छ ? लिम्पुयाधुरा सहितको नक्सा कहिले प्रकाशन हुन्छ ? कालापानीबाट भारतीय सेना कहिले हट्छ ?
सरिता गिरी
प्रधानमन्त्रीले संविधान संशोधनको औचित्य सकियो भन्नुभयो, समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संविधान संशोधनको औचित्य सुरु भएको छ । संविधान संशोधन कहिले हुन्छ ? उखु किसानको भुक्तानी कहिले हुन्छ ? रेशम चौधरीको रिहाइको बारेमा किन केही कुरा आएन ?
पुष्पा भुसाल
चुनावका बेला कांग्रेसले कम्युनिष्टको सरकार आए हाँस्न पाइँदैन रुन पाइँदैन भन्ने कुराको नेकपा अध्यक्ष प्रचण्डले देशभर घुमेर जनता खुसी छैनन् भन्ने पत्ता लगाउनु भएको छ ।
सरकारले संविधानको किन पालना गरेन ? महिला सहभागीता कार्यान्वयन भएन, २५ मन्त्रीमा किन २ जना मात्र महिला मन्त्री ?
प्रेम सुवाल
प्रधानमन्त्री ठगहरुको घेरामा हुनुहुन्छ । खरिपाटीमा कोराना प्रभावित क्षेत्र चीनबाट विद्यार्थी ल्याउन भएन । राजधानी उपत्यका बाहिर लानुपर्यो ।
पार्वती डिसी चौधरी
प्रधानमन्त्रीको भनाईले अख्तियार सरकारको प्रभाव र दवावमा रहेको देखियो, प्रष्ट पारिदिनुस् ?
अमृतादेवि अग्रहरी
आजीवन प्रधानमन्त्री बनिरहनुहोस्, लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक गर्नुहुन्छ ?
डिला संग्रौला पन्त
राष्ट्रवाद र समृद्धिको टोपी लयाएर शक्तामा पुगेको सरकार किन यतिको सति गएको ? सरकारले किन ऐन परिर्वतन गरेर नीतिगत भ्रष्टाचार ग¥यो ?
रामबहादुर विष्ट
यति समूहमा ५वबर्ष बाँकी रहँदै ३० वर्षका लागि दिनु, पाथिभराको जग्गा ८० वर्षका लागि भाडामा दिनु, सरकार बलियो कि यति समूह बलियो ?
लक्ष्मी परियार
१ वर्षमा रेल आउने भन्नुभयो । यो कहिले आँउछ । सिंहदरबारमा केही यूवाहरु करारमा भर्ना गर्दैमा बेरोजगार घट्छ त ?
भवानी प्रसाद खापुङ
सामूदायिक विद्यालयमा बाल शिक्षकले ६ हजार खान्छन् । कर्मचारीले ७ हजारसम्म लिने गरेका छन् । सरकारले तोकेको न्यूनतम १३ हजार ५ सय तलब कहिले पाउँछन् ?
प्रकाश रसाइली
नागरिक समाज बुद्धिजिवीबीच एमसीसीबारे विवाद छ । मन्त्रीबाहेक पार्टीभित्र पनि पक्ष र विपक्षमा तर्क विर्तक चलेको छ । एमसीसीबारे सरकारको स्पष्ट भनाई के हो ? मोतिहारी अमलेखगञ्ज पाइपलाइन भारतको लगानीमा बनेको सरकारले गरेको भनेर किन भ्रम छरेको ?
मिनबहादुर विश्वकर्मा
मिडिया काउन्सिलमा जरिवाना चर्को राखको छ । पत्रकारले साँचो छुट्याउने हो भने अदालत किन चाहियो ?
रंगमती शाही
कर्णालीका जनता भोकै छन् चामल कुहिन्छ । जाडोमा कर्णालीमा कति जोर कपडा पठाउनुभयो ? काठमाडौं सोह्रखुट्टे सडकमा प्रधानमन्त्री ज्यूले गाडीको सिसा खोलेर हेर्नुहुन्थ्यो कि ?
बालकृष्ण खाँण
मानवअधिकार आयोग विधेयक, सूचना प्रविधि विधेयक अघि बढाएको छ । विधेयकहरु मौलिक अधिकार र संविधानको भावना विपरित छ, सरकार किन संविधान बाहिर गएर काम गर्दैछ ?
ज्ञानेन्द्र बहादुर कार्की
प्रधानमन्त्रीले भनेको कुरा सुन्दा देश सम्पन्न भएको छ । गाँउ हेर्ने हो भने जताततै मंहगीले जनता आक्रान्त छन् । एमसीसी कहिले कार्यान्वयन हुन्छ ?
महेन्द्रराय यादव
संविधान संशोधनको बारेमा सरकारको भनाइ के छ ? हुलाकी सडक प्रदेशमा पठाइएको छ, बेहाल छ । तराईमा सिंचाईको व्यवस्था बेहाल छ ।
राजन केसी
प्रधानमन्त्रीले अझै १३ वटा तुइन नेपालमा छ भन्नुभयो । जावो तुइन पनि विस्थापन गर्न नसक्ने सरकारले ठूला ठूला कुरा गर्ने ?
चित्रलेखा यादव
प्रधानमन्त्रीले सम्वोधनमा थुप्रै विरोधाभासपूर्ण कुरा गर्नुभएको छ । नेपालले भारतलाई बिजुली बेचेको बताउनुभयो । हिजो मात्रै धोविघाटमा पटक पटक बक्ति गएको छ ।
हिरा गुरुङ
२ वर्षे कार्यकालमा धेरै नारा लगाइएको पाइयो । अलिअलि उखान टुक्का जस्तै लाग्यो । जनता मंहगीले पिल्सिएको पाइयो । सरकार एक दलीय पञ्चायती व्यवस्थाको बाटोमा हिडेको हो ? द्वन्द्वपीडितका समस्या अहिलेसम्म किन समाधान नगरेको ?
प्रकाशित : २०७६ फागुन ३ गते १४:४६
No ads found for this position
Facebook Comment