No ads found for this position

संसदमा प्रधानमन्त्रीको जवाफ : नक्सा बनाउने होइन भुमी नै फिर्ता ल्याउछौं ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३ गते १५:००
No ads found for this position
संसदमा प्रधानमन्त्रीको जवाफ : नक्सा बनाउने होइन भुमी नै फिर्ता ल्याउछौं ।
No ads found for this position

रासस/काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।  प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले नेपालको भूभाग कुनै हालतमा नछोड्ने प्रष्ट पारे ।   नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सोधेको प्रश्नको जवाफ दिँदै उनले कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको तथ्य प्रमाणले देखाएको भन्दै ती भूमि फिर्ता ल्याउन नेपालले पहल गरेको बताए । उनले यसका लागि एकतर्फी वार्ताले नहुने भन्दै दुईतर्फी वार्ताको माध्यमबाट यसको समाधान गरिने उल्लेख गरे । उनले भने, ‘अहिले सरकार सार्वभौम, राष्ट्रियताको सवालमा, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयमा कुनै सम्झौता गर्दैन । हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छनै भने नक्सा छाप्न के भयो र ? तूरुन्तै छाप्छौँ । कालापानीमा सीमा सुरक्षाको लागि विओपी स्थापना गर्ने तयारी भएको छ ।’ 

प्रकाशित : २०७६ फागुन ३ गते १५:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI