आईपिएल को उदघाटन खेलमा मुम्बई र चेन्नई भिडदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते १२:४७
आईपिएल को उदघाटन खेलमा मुम्बई र चेन्नई भिडदै

काठमाडौं, फागुन ४ गते । इन्डियन प्रिमियर लिगको आगामी संस्करणको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नइ सुपर किंग्स भेटने निश्चित भएको छ । उक्त खेल मार्च २९ का दिन मुम्बईस्थित वान्खडे रङ्गशालामा खेलाइनेछ ।   इन्डियन प्रिमियर लिगले आगामी संस्करणबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन् । यद्दपी लिग सञ्चालकले फ्रेञ्चाइजलाई पठाएको विवरण बमोजिम उद्घाटन खेल मार्च २९ का लागि तय गरिएको जनाइएको छ । विवरण बमोजिम लिग चरणको अन्तिम खेल मई १७ तारेखको खेलाइनेछ । जसमा रोयल च्यालेन्जर्स बैंग्लौरले मुम्बईको सामना घरेलु मैदानमा गर्नेछन् ।
भारतले घरेलु मैदानमा दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको एकदिवसीय श्रृखंलाको अन्तिम म्याच मार्च १८ का दिन कलकत्तामा खेल्नेछन् । जसको ११ दिनपछि लिगको सुरुवात हुनेछ ।
लिग चरणका खेलहरु ५० दिनसम्म चल्नेछन् । पछिल्लो संस्करणमा भने ४४ दिनसम्म चलेको थियो । अपरान्हको खेल सबा चार बजेदेखि खेलाइनेछ भने रातिको खेल आठबजेबाट सुरु हुनेछ । स्टिभ स्मिथ कप्तान रहेको राजस्थान रोयलले आफ्नो पहिलो खेल अप्रिल लागेपछि मात्रै खेल्नेछन् । मार्च २९ मा न्युजिल्याण्ड र अष्ट्रेलियाबीचको अन्तर्राष्ट्रिय टी ट्वान्टी म्याच निर्धारण गरिएको छ । दुबै राष्ट्रले आईपीएललाई आफ्ना खेलाडी माच ३० पछि मात्रै उपलब्ध हुने प्रष्ट्याएको छ ।
इंग्ल्याण्डले श्रीलङ्कामा मार्च १९ देखि ३१ सम्म दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछन् । इंग्ल्याण्डले मार्च ३१ पछि आफ्ना खेलाडी उपलब्ध हुने आईपीएललाई पत्राचार गरेको छ ।

प्रकाशित : २०७६ फागुन ४ गते १२:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI