लर्ड बुद्धले विविध कार्यक्रम सहित १६ औं वार्षिकोत्सब मनाउदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते १९:२५
लर्ड बुद्धले विविध कार्यक्रम सहित १६ औं वार्षिकोत्सब मनाउदै

कावासोती /४ फागुन
कावासोती नवलपुरको कावासोती-५ मा रहेको लर्डबुद्ध आवासीय मा विले यहि फागुन १३ गते आफ्नो १६औँ वार्षिक उत्सव भव्य रुपमा मनाउने भएको छ । आईतबार विद्यालयमा आयोजित पत्रकार सम्मेलमा आयोजना गरि वार्षिकोत्सवका अवसरमा गर्ने बिभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिईएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल रमेश अधिकारीले वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
वार्षिकोत्सबको अवसर पारेर फागुन ७ गते अभिभावक प्रशिक्षण , ९ गते अभिभावक भलिबल प्रतियोगिता , १० गते रक्तदान तथा जेष्ठ नागरिक सम्मान , ११ गते आँखा शिविर तथा आमा समुह बिच गायन प्रतियोगिता , १२ गते पुरस्कार वितरण तथा १३ गते विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सब समारोहको समापन गरिने प्रिन्सिपल अधिकारीले जानकारी दिएका थिए ।

प्रकाशित : २०७६ फागुन ४ गते १९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI