No ads found for this position

महरा-रोशनी प्रकरण : भोलि फैसला हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते १९:५९
No ads found for this position
महरा-रोशनी प्रकरण : भोलि फैसला हुने
No ads found for this position

काठमाडौं । आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीविरुद्ध बलात्कारको अभियोगमा बन्दी रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला सोमबार हुने भएको छ । आइतबार दुवै पक्षका अधिवक्ताहरुले बहस सकेका छन् ।

फैसला लेख्न समय अभावको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले सोमबारको म्याद तोकेको हो ।महरालाई थुनामा राख्ने जिल्ला अदालतले गरेको फैसलालाई पुस ३ मा उच्च अदालतले सदर गरेको थियो । लगत्तै यो मुद्दाको पेसी चाँडो चढ्दै अहिले फैसला हुन लागेको हो । गत असोज १९ मा महरा पक्राउ परेका थिए । उनी १८ कात्तिकदेखि डिल्लीबजार कारागार चलान गरिएको थियो ।

प्रकाशित : २०७६ फागुन ४ गते १९:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI