बुलिङ्गटारमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते २०:१५
बुलिङ्गटारमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बुलिङ्गटार/ ४ फागुन

बुलिङ्गटारमा जारी बुलिङ्गटार गाउँपालिका स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज सकिएको छ । बुलिङ्गटार बुलिङ्गटार गाउँपालिकाको समन्वय तथा बुलिङ्गटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा फागुन २ गते देखि जारी भएको प्रतियोगिताको आज बुलिङ्गटार गाँउपालिकाकि उपाध्यक्ष मैना बिकको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कर वितरण गरिएको थियो । कार्यक्रममा बुलिङ्गटार गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत टीका बहादुर गोदार, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
आज सम्पन्न अन्तिम दिनको खेलहरुमा १०० मिटर छात्रा दौडमा गोरखकालिका मावि प्रथम, त्रिभुवन माबि द्धितिय, सेतीनाग मावि तृतीय, १०० मिटर छात्र दौडमा त्रिभुवन मावि प्रथम, छत्तिसा मावि द्धितीय, जनजागृती मावि तृतीय भएका थिए । त्यतै १५०० मिटर दौडमा त्रिभुवन मावि प्रथम, उदय मावि द्धितीय र जनजागृती मावि तृतीय भएका थिए । हाइजम्प छात्रा तर्फ गोरखकालिका मावि, त्रिभुवन मावि द्धितीय, जनजागृती मावि र सेतीनाग मावि तृतीय भएका थिए । लङगजम्प छात्र तर्फ उदय मावि प्रथम, जनजागृती मावि द्धितीय र त्रिभुवन मावि तृतीय भएका थिए । ट्रिपल जम्प छात्रा छात्र दवैमा त्रिभुवन मावि प्रथम र सेतीनाग मावि द्धितीय भएका थिए । शटफुटमा छात्रा तर्फ गोरखकालिका मावि प्रथम र त्रिभुवन मावि द्धितीय भएका छन् । कवड्डी छात्र तर्फ त्रिभुवन मावि प्रथम, सेतीनाग मावि द्धितीय,छत्तिसा मावि तृतीय भएका छन् , त्यस्तै कवड्डी छात्रा तर्फ गोरखकालिका मावि प्रथम, जनजागृती मावि द्धितीय र सेतीनाग मावि तृतीय भएका छन् । छात्रा भलिबलमा त्रिभुवन मावि प्रथम, जनजागृती मावि द्धितीय र सेतीनाग मावि तृतीय भए भने छात्र भलिवल प्रतियोगितामा त्रिभुवन मावि प्रथम , उदय मावि द्धितीय र सेतीनाग मावि तृतीय भएका छन् ।

प्रकाशित : २०७६ फागुन ४ गते २०:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI