गण्डकी विश्वविद्यालयको पहिलो कुलपतिमा गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते २०:४९
गण्डकी विश्वविद्यालयको पहिलो कुलपतिमा गुरुङ

पोखरा : गण्डकी पहिलो प्रादेशिक विश्वविद्यालय खोल्ने प्रदेश बनेको छ । यो प्रदेशले गण्डकी विश्वविद्यालय स्थापना गरेर कुलपतिसमेत नियुक्त गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै खोलिएको गण्डकी पहिलो प्रादेशिक श्वविद्यालय हो ।

यस प्रदेशले आइतबार प्राध्यापक डा. गणेशमान गुरुङलाई कुलपतिमा नियुक्त गरेको छ । गुरुङ तत्कालीन एमालेको तर्फबाट संविधान सभाका सदस्य थिए । उनी विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष पनि हुन् । उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा प्राध्यापन गरेका थिए । उनी नेपाल समाजशास्त्र संघका अध्यक्ष पनि हुन् ।

कुलपतिको कार्यकाल ५ वर्षको हुनेछ । पाँच वर्षको अवधिमा यस विश्वविद्यालयलको शैक्षिक विकासमा प्रतिवद्ध भएर लाग्ने नव नियुक्त कुलपति गुरुङले बताए ।

प्रकाशित : २०७६ फागुन ४ गते २०:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI