No ads found for this position

राईनो संरक्षण गोल्डकप भोलि देखि : उदघाटनमा हिमालयन शेर्पा र बिरगंज युथ एकेडेमी खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते २१:३०
No ads found for this position
राईनो संरक्षण गोल्डकप भोलि देखि : उदघाटनमा हिमालयन शेर्पा र बिरगंज युथ एकेडेमी खेल्ने
No ads found for this position

नवलपुर/ ४ फागुन
मोफसलकै चर्चित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण भोलि बाट सुरु हुदैछ । राईनो क्ल्बको आयोजना एवं नन्दभाउजु उपभोक्ता समितीको संरक्षकत्वमा पुर्वी नवलपरासीको मध्यविन्दु-२ स्थित राईनो मैदानमा सुरु हुने प्रतियोगिताको उदघाटन खेलमा हिमालयन शेर्पा र बिरगंज युथ एकेडेमी खेल्ने नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।
खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, , आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 

विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि आयोजना गरिदै आएको प्रतियोगिताको पाचौं संस्करणको उदघाटन मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले गर्ने अध्यक्ष भण्डारीले बताए ।
यस अघिका वर्षहरुमा नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्ष देखि राईनो क्लबको आयोजना र नन्दभाउजु उपभोक्ता समितिको संरक्षकत्व हुने जनाईएको छ ।

प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ४ गते २१:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI