पुर्व उपसभामुख तुम्बाहाङ्फे कानुन मन्त्री : आज तीन बजे शपथ ग्रहण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते ११:३१
पुर्व उपसभामुख तुम्बाहाङ्फे कानुन मन्त्री : आज तीन बजे शपथ ग्रहण

काठमाडौँ। निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ। 
यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन्।

लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन्। उनले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए।

प्रकाशित : २०७६ फागुन ५ गते ११:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI