No ads found for this position

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शिर्ष स्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते ११:४६
No ads found for this position
नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शिर्ष स्थानमा
No ads found for this position

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन्।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन्।

उनी शीर्ष २० भित्र परेका छन्। २० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन्।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन्।

१८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन्।

प्रकाशित : २०७६ फागुन ५ गते ११:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI