No ads found for this position

कालापानी गएकाे रक्षामन्त्रीकाे टाेलीले हवाई निरीक्षणमात्रै गरेर फर्कियो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १२:१४
No ads found for this position
कालापानी गएकाे रक्षामन्त्रीकाे टाेलीले हवाई निरीक्षणमात्रै गरेर फर्कियो
No ads found for this position

साेमबार बिहान कालापानी सीमा क्षेत्रकाे अवलाेकन गर्न हेलिकप्टरमा गएकाे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे टाेली बाक्लो हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएकाे छ।

सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।

‘छाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका थियौं। सोही अवसरमा सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रमलाई मौसमले साथ दिएन।’ उक्त टोलीमा रहेका एक सदस्यले भने।
उक्त क्षेत्रमा हालै नेपालको भूमिमा भारतले सडक खनेको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेको थियो। कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद थियो। नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएकाे छ।

प्रधानमन्त्रीले शनिबार संसदमा सम्बोधन तथ्य र प्रमाण उक्त क्षेत्र नेपालको भएको पुष्टि भन्दै फिर्ता ल्याउने दाबी गरेका थिए। रक्षामन्त्री आइतबार दार्चुला गएका थिए।

प्रकाशित : २०७६ फागुन ५ गते १२:१४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI