रत्नराज्यलक्ष्मी क्याम्पसका दुई विद्यार्थी समूहबीच कुटाकुट

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १२:२१
रत्नराज्यलक्ष्मी क्याम्पसका दुई विद्यार्थी समूहबीच कुटाकुट

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का दुई समूहबीच कुटाकुट भएको छ।

सोमबार बिहान दुई समूहबीच ढुंगा, इँट्टा हानाहान भएपछि प्रहरी परिचालन गरिएको हो।

नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले कक्षाकोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको जानकारी दिए।

प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए।

पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ।

‘हाम्रा साथीहरूलाई अखिलले नै कुटपिट गर्ने अनि प्रहरीले हाम्रै साथीहरूलाई पक्राउ गरेको छ। तत्काल रिहा नगरे आन्दोलन गर्छौं,’ महामन्त्री भट्टराईले जानकारी गराएका छन्।

अखिलका नेता आरसी लामिछानेले दुई समुहबीच झगडा भए पनि सांगठानिक नभएको बताए।

प्रकाशित : २०७६ फागुन ५ गते १२:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI