No ads found for this position

काठमाण्डौ जिल्ला अदालतद्वारा पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १४:४९
No ads found for this position
काठमाण्डौ जिल्ला अदालतद्वारा पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर
No ads found for this position

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डौ जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ। लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने: “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।” दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्। महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका थिए।

प्रकाशित : २०७६ फागुन ५ गते १४:४९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI