नागरिकका आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले गर्नु पर्छ : प्रदेश प्रमुख शेरचन

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १७:०५
नागरिकका आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले गर्नु पर्छ : प्रदेश प्रमुख शेरचन

होमनाथ पौडेल/देवचुली, ५ फागुन

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राज्यले नै नागरिकका आधारभुत आवश्यकताको ग्यारेन्टी गर्नु पर्ने बताएका छ्न । देवचुली १४ मा रहेको जनज्योति नमूना मा.बि को ४ कोठे भवन समुदघाटन समारोहलाई सम्बोधन गर्दै शेरचनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै शेरचनले भने जनताले मेहनतले कमाएको पैसा बाट राज्यलाई कर तिरेका छ्न, जनताको शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी राज्यले लिनु पर्छ । व्यवस्था परिवर्तन भएर संघियता आईसके पनि जनताले संघियताको अनुभव गर्न नसकेको बताउदै शेरचनले राज्यलेनै जनताको आधारभुत कुराहरुको जिम्मा लिएर जनतालाई राज्यको पुर्नसंरचनाको आभास गराउनु पर्ने बताए । जिल्ला आयोजना कार्यान्वयन ईकाई नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ४ कोठे भवनको समुदघाटन प्रदेश प्रमुख शेरचनले गरेका थिए भने देवचुली नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित २ कोठे भवनको समुदघाटन देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठले गरेका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २०७६ फागुन ५ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI