राईनो गोल्डकप फुटबल प्रतियोगिता : उदघाटनमा खेलमा हिमालयन शेर्पा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १९:३५
राईनो गोल्डकप फुटबल प्रतियोगिता : उदघाटनमा खेलमा हिमालयन शेर्पा विजयी

सन्जय भट्टराई/नवलपुर ५ फागुन

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा हिमालयन शेर्पा क्लबले विजयी सुरुवात गरेको छ । मध्यविन्दु-२ स्थित राईनो मैदानमा आयोजित पहिलो खेलमा हिमालयन शेर्पा क्लब ले बिरगंज युथ एकेडेमीलाई ५-१को गोल अन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङ, सुरज हमाल, विकाश राई, विदेशी खेलाडी स्टेफेन र मानबहादुर तामाङले गोल गरेका थिए भने बिरगंज युथ एकेडेमीको लागि एक मात्र गोल कृष्ण शाक्यले फर्काएका थिए ।
विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण आज बाट सुरु भएको हो । आज एक विषेश समारोहका बिच मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले प्रतियोगिताको उदघाटन गरेका थिए ।


खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ५ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI