ललितपुरकी युवतीको अष्ट्रेलियामा मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ६ गते १०:३५
ललितपुरकी युवतीको अष्ट्रेलियामा मृत्यु

ललितपुरकी एक नेपाली युवतीको अष्ट्रेलियामा मृत्यु भएको छ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अष्ट्रेलियामै गरिएको छ।

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थ्ति अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्।

प्रकाशित : २०७६ फागुन ६ गते १०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI