No ads found for this position

सस्तियो इन्धनको मूल्य, कति घट्यो ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ६ गते १०:४३
No ads found for this position
सस्तियो इन्धनको मूल्य, कति घट्यो ?
No ads found for this position

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य पुन घटाएको छ।

सोमबार बसेको आयल निगमको बैठकले मूल्य घटाएको हो। निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँका दरले घटाएको हो।

निगमले यसअघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो। भारतीय आयल कर्पोरेसन (आइओसी) पठाएको नयाँ मूल्य सूचीदर र स्वचालित मूल्य प्रणाली कार्यविधिका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

आइओसीले हरेक १५ दिनमा निगमलाई नयाँ मूल्य उपलब्ध गराउने भएकाले सोही अनुसार मूल्य समायोजना गरिने गरेको छ।

मूल्य समायोजनसँगै काठमाडौंमा पेट्रोल लिटरको १ सय ८, डिजेल र मट्टितेल ९७ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने नेपाल आयल निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत रहेको छ।

प्रकाशित : २०७६ फागुन ६ गते १०:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI