राईनो संरक्षण गोल्डकप : दोस्रो खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ६ गते १९:२०
राईनो संरक्षण गोल्डकप : दोस्रो खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र विजयी

सन्जय भट्टराई/नवलपुर ५ फागुन
राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको आज सप्पन्न दोस्रो खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखराले विजयी सुरुवात गरेको छ । मध्यविन्दु-२ स्थित राईनो मैदानमा आयोजित खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखराले अभिषेक चर्च रजहरलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखराका लागि रोशन राना, रमेश मगर, सुमित श्रेष्ठ , अनिस तामाङ्ग र सन्जय जलारीले गोल गरेका थिए भने अभिषेक चर्चका लागि सरोज क्षेत्री एक्लैले दुई गोल गरेका थिए ।
विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ६ गते १९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI