नेपाली क्रिकेट टिममा नयाँ मुख्य प्रशिक्षक छिट्टै ल्याउने क्यानकाे तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते १२:४६
नेपाली क्रिकेट टिममा नयाँ मुख्य प्रशिक्षक छिट्टै ल्याउने क्यानकाे तयारी

काठमाण्डाै – नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट उमेश पटवालले राजीनामा दिएपछि खाली रहेको पदका लागि नेपाल क्रिकेट संघले जतिसक्यो चाँडो नयाँ प्रशिक्षक ल्याउने तयारी गरेको छ । यसका लागि क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र एसियन क्रिकेट काउन्सिल (एसीसी) को वेबसाइटमा विज्ञापन दिने तयारी गरेको छ । नेपालको मुख्य प्रशिक्षकको पोष्ट खालि हुँदा सो स्थानमा कुन प्रशिक्षक ल्याउने भन्ने आन्तरिक तयारी क्यानले गरेको छ । यस्तोमा कतिपय क्यानका पदाधिकारीले भारतबाट नयाँ प्रशिक्षक ल्याउने भन्नेमा छन भने कतिपय अरु देशको प्रशिक्षक ल्याउने भन्नेमा छन । तर नयाँ प्रशिक्षकका लागि क्यानले एसीसी र आइसीसीको वेबसाईटमा प्रशिक्षकको विज्ञापन राख्ने र त्यहिबाट छनोट गर्ने तयारी पनि भएको क्यान स्रोतले बताएको छ ।

करिब नौ महिना नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जिम्मेवारी सम्हालेका उमेश पटवालले नेपालमा भएको आइसीसी विश्वकप क्रिकेट लिग दुईको मुखैमा प्रतियोगिता सकिएपछि लागुहुनेगरि राजिनामा दिएका थिए । त्यसपछि क्यानले अन्तरिम प्रशिक्षकका रुपमा जगत टमाटालाई जिम्मेवारी दिएको छ । चेतन भारतका पूर्व टेष्ट क्रिकेटर तथा प्रशिक्षक पनि हुन् । उनले शर्मासँग नेपाली क्रिकेटका साथै आगामी योजनाका बारेमा पनि केहि कुरा गरेको बताइएको छ । यसका साथै यहि बेला नेपालका लागि उपयुक्त हुनसक्ने प्रशिक्षकका विषयमा पनि कुरा हुने बताइएको छ । क्यानले पटवालको स्थानमा सुरुवातमा भारतबाट नै नयाँ प्रशिक्षक ल्याउने मनसाय बनाएको थियो । त्यसका बारेमा पनि अध्यक्ष चन्दले भारतमा रहेका बेला कुरा गर्ने बुझिएको छ ।

प्रकाशित : २०७६ फागुन ७ गते १२:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI