प्रमिसको सानदार ब्याटिङ्गमा नवलपुरसँग स्याङजा पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते १२:५५
प्रमिसको सानदार ब्याटिङ्गमा नवलपुरसँग स्याङजा पराजित

दलदलेका युवा क्रीकेटर प्रमिस अर्यालको सानदार ब्याटिङ्गको मद्दतमा नवलपुरले स्याङ्जालाई पराजित गरेको छ । गण्डकी प्रदेशस्तरित अन्तरजिल्ला यु-१६ एकदिवसीय क्रीकेट प्रतियोगितामा नवलपुरले स्याङ्जालाई ७९ रनले हराएको हो । पोखरा क्रीकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको नवलपुरले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा २११ रन जोड्न सफल भयो । जवाफी ब्याटिङ्गमा उत्रिएको स्याङ्जाले ३६.४ ओभरमा सबै विकेट गुमाएर १३२ रनमै सिमित रह्यो। नवलपुरको जितको लागि उत्कृष्ट ब्याटिङ्ग गरेका प्रमिसले ११ चौकाको मद्दतमा ८३ रन जोडे। उनी नै खेलको “म्यान अफ द म्याच” घोषित भए। अर्का ब्याट्सम्यान प्रविण भुजेलले २७ र खिम मल्लले २३ रज जोडे। स्याङ्जाका लागि सुजन गौतमले ३५ र सौजन्य रेग्मी २५ रन जोडे।

प्रकाशित : २०७६ फागुन ७ गते १२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI