No ads found for this position

चिनियाँ दूतावासको विज्ञप्तिको विरोधमा सम्पादकहरुले निकाले यस्तो वक्तव्य

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते १६:३४
No ads found for this position
चिनियाँ दूतावासको विज्ञप्तिको विरोधमा सम्पादकहरुले निकाले यस्तो वक्तव्य
No ads found for this position

पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेपछि बिभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुले बिरोध जनाइरहेका छन्। बुधबार एक वक्तव्य जारी गर्दै सम्पादकहरूले कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नाम नै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति रहेको जनाएका हुन्।

प्रेसमा आएका सामग्रीप्रति असहमति, खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको सम्मान गर्ने तर धम्की सहन नसकिने जारी बक्तव्यमा उल्लेख छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत ‘द काठमाडौं पोस्ट्’मा मंगलबार प्रकाशित एक आलेख र तस्वीरले चीनविरुद्ध द्वेष फैलाएको भन्दैं आपत्ति प्रकट गरेको थियो।

विज्ञप्तिमा पत्रिकाका प्रधान सम्पादक अनुप काफ्ले समेतको नाम उल्लेख गरी उनी चीन मामिलामा जहिल्यै पूर्वाग्रही रहेको र यसपटक त चीनविरोधी शक्तिको सुगा बनेको आरोप समेत लगाइएको छ।

सम्पादकहरू अमित ढकाल, सुधीर शर्मा, अखिलेश उपाध्याय, किरण नेपाल, कृष्णज्वाला देवकोटा, राजेन्द्र दाहाल, प्रकाश रिमाल, गुणराज लुइँटेल, सुभाष घिमिरे, अरुण बराल, बसन्त बस्नेत, हरिबहादुर थापा, पूर्ण बस्नेत, शिव गाउँले, प्रशान्त अर्याल, प्रतीक प्रधान र नारायण वाग्लेद्वारा वक्तव्य जारी गरेका हुन्। सार्वजनिक वक्तव्यमा भने उनीहरुको हस्ताक्षर भने छैन।

यसअघि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले काठमाडौं पोष्टमा प्रकाशित लेख र त्यसमा प्रयुक्त चित्रप्रति चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक रहेको बताएका थिए। शर्माले बुधबार ट्वीट गर्दै प्रकाशित सामग्रीप्रति जासुकसैले असहमति जनाउन सक्ने तर धम्कीपूर्ण अभिव्यक्ति दिदैं प्रेसमाथि प्रहार गर्न नपाउने आशय व्यक्त गरेका थिए ।

प्रकाशित : २०७६ फागुन ७ गते १६:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI