No ads found for this position

चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते १६:३९
No ads found for this position
चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना संक्रमण
No ads found for this position

कोरोना भाइरसको उद्गम स्थल चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ जना नै कोरोना भाइरसको संक्रमण मुक्त रहेको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उनीहरुमा संक्रमण नभेटिएको जानकारी दिएको हो । मन्त्रलायका अधिकारहरुले पत्रकार सम्मेलन गरेर यसबारेको जानकारी दिएका हुन्।

वुहान सहरबाटसमेत ल्याइएका नेपालीमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले आमनागरिकलाई ढुक्क हुन अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका सबै नागरिकको नाक र घाँटीभित्रको स्वावको पटक पटकको परीक्षणबाट कोरोनाको भाइरस नेगेटिभ देखिएको हो। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मंगलबार अपरान्ह प्राप्त जानकारी अनुसार १७५ जनाको नाक र घाँटी भित्रको स्वाबको नमुनाहरुमा नोभेल कोरोना भाइरसको परीक्षण गर्दा कुनै पनि व्यक्तिमा २०१९ नोभेल कोरोना भाइरस नभेटिएको जानकारी गराइन्छ’, श्रेष्ठले भनेका छन् ।

ती सबैमा कोरोना भाइरस नेगेटिभ देखिएपछि चीनबाट ल्याएको १४ औँ दिनमा उनीहरुको नमुनाको पुनः परीक्षण गरिएपछि मात्र त्यहाँबाट बाहिर निस्किन दिइने छ । ‘उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित : २०७६ फागुन ७ गते १६:३९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI