पाँचौ राईनो संरक्षण गोल्डकप : एफसी विजय हेटौंडा सँग झापा ६-१ ले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते १९:२१
पाँचौ राईनो संरक्षण गोल्डकप : एफसी विजय हेटौंडा सँग झापा ६-१ ले पराजित

नवलपुर टाईम्स संवादाता/ ७, फागुन
राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न तेस्रो खेलमा एफसी विजय युथ क्लब हेटौंडा ६-१ गोल अन्तरले विजयी भएको छ । मध्यविन्दु-२ स्थित राईनो मैदानमा आयोजित खेलमा झापा -११ लाई ६-१ गोल अन्तरले पराजित गरि क्वाटरफाइनल चरणमा हेटौडाले स्थान सुरक्षीत गरेको हो ।
एफसी विजय युथ क्लब हेटौंडाका जर्सी नम्बर ८ का वाइसु अलिकन हेमजातले खेलको १५, २८ र ४७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । झापाका लागि एकमात्र गोल रोमन भुजेलले गरेका थिए ।

विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ७ गते १९:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI