उद्योगको शान्ती सुरक्षा ग्यारेन्टी गर्ने सिडिओ घिमिरेको प्रतिवद्वता

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते २०:४७
उद्योगको शान्ती सुरक्षा ग्यारेन्टी गर्ने सिडिओ घिमिरेको प्रतिवद्वता

कावासोती/७ ,फाल्गुन
नवलपरका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले जिल्लामा रहेका सम्पूर्ण उद्योग कलकारखानाका निम्ति शान्ती सुरक्षाको पुर्ण ग्यारेन्टी गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । नवलपुर उद्योग संघद्वारा आयोजित जिल्लाका उद्योगीहरुसंग अन्तरकृयामा सिडिओ घिमिरेले मुलुकको समृद्विका लागि औद्योगिक विकास अपरिहार्य रहेकाले यसको संरक्षण तथा सुरक्षाको व्यवश्था राज्यले गर्ने बताउनुभयो ।
औद्योगिक विकासले रोजगारीको सृजना, कर संकलनले मुलुकको आर्थिक विकास हुने भएकाले सुरक्षा दिने, भय रहितवातावरण सृजना गर्ने राज्यको दायित्व रहेको सिडिओ घिमिरेको भनाई छ । नवआगन्तुक जिल्ला प्रहरी कार्यालय प्रमुख दिपक रेग्मीले उद्योगको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता नै तयार गरेको जानकारी दिंदै ढुक्क भएर उद्योग चलाउन आश्वस्त पार्नुभयो ।


नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले नवलपुर औद्योगिक विकासको सम्भावनाका दृष्टीकोणले प्रदेशकै सवैभन्दा उर्वर भएकाले यसको विकासका लागि नीजि क्षेत्र र सरकारको समन्वय तथा दिर्घकालिन योजना आवश्यक रहेको बताउनुभयो ।


नवलपुर उद्योग संघका अध्यक्ष कृष्ण गौतमले जिल्लामा औद्योगिक विकास प्रवद्र्वन र लगानी भित्र्याउनका लागि भौगोलिक सम्भावनाको खोजीका साथै सञ्चालित उद्योगहरुमा भएका कठिनाईहरुको सहजीकरण गर्दै आईरहेको जानकारी दिनुभयो ।
संघका महासचिव केबी रानाले औद्योगिक विकास क्षेत्र निर्माण, हरेक स्थानीय तहमा औद्योगिक ग्राम वनाउन र लगानीकर्ता भित्र्याउन संघले पहल गर्दै आईरहेको जानकारी दिंदै राज्यको सकरात्मक समन्वय तथा सहयोग आवश्यक रहेको बताउनुभयो । संघले जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्वन गर्न औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना रहेकोले जग्गाको व्यवश्थापनमा सहयोग गर्न महासचिव रानाले आग्रह गर्नुभयो ।

प्रकाशित : २०७६ फागुन ७ गते २०:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI