No ads found for this position

आमरण अनसन बसेका लक्ष्मण थारुको अवस्था बिग्रदो: जीवन रक्षा गर्न आयोगको माग

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते ६:००
No ads found for this position
आमरण अनसन बसेका लक्ष्मण थारुको अवस्था बिग्रदो: जीवन रक्षा गर्न आयोगको माग
No ads found for this position

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुको समस्यालाई वार्ताका माध्यमबाट समाधान खोजी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न माग राखेर यही फागुन १ गतेदेखि धनगढीमा आमरण अनशनमा रहेका नेता थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजका माग सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुगी जीवन रक्षा गर्न आग्रह गरिएको छ । 
“आपसी विमतिका विषयलाई वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानका लागि आमरण अनशन जस्तो कठिन बाटो नरोज्नसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । 
फागुन १ गते देखि आमरण अनशनमा रहेका थारुको स्वास्थ्यमा समस्या आएपछि सोमबार बेलुका ८ बजे सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। मोर्चाले  सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइका साथै १४ बुँदे माग अगाडि सारेका छ । 
मोर्चाले टीकापुरमा आन्दोलन पश्चात २०७२ भदौ ८ गते कर्फ्यू तथा निषेधाज्ञाको क्रममा थारुको घर र पसलमा गरिएको आगजनी, लुटपाट तथा चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाहीको माग गरेको छ।
यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदन सार्वजनिक गर्न मोर्चाको माग गरेको छ। 

प्रकाशित : २०७६ फागुन ८ गते ६:००
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI