राईनो गोल्डकपमा आज नेपाल पुलिस र सेन्ट्रल कलेज चितवन खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते ८:४३
राईनो गोल्डकपमा आज नेपाल पुलिस र सेन्ट्रल कलेज चितवन खेल्दै

नवलपुर-फागुन ५ गते देखि सुरु भएको पाँचौ राईनो गोल्डकप फुटबल प्रतियोगिताको आज चौथो दिनको खेलमा विभागीय टिम नेपाल पोलिस क्लब र सेन्ट्रल कलेज अफ चितवन खेल्दै छन । नवलपुरको कोल्हुवा स्थित राईनो मैदानमा खेल हुने आयोजकले जनाएको छ ।
हिजो सम्पन्न तेस्रो खेलमा झापा ११लाई ६-१ को गोल अन्तरले हराउदै हेटौंडाको एफसी विजय युथ क्ल्बले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ८ गते ८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI