सन्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर: नेपाली काङ्ग्रेस

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १०:५०
सन्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर: नेपाली काङ्ग्रेस

८ फागुन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको भनिएको सम्वाद हाम्रा कुरा डटकम नामक अनलाइनले सार्वजनिक गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग संवाद गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’
प्रेस खरिद अनियमितता पुष्टि भएकाले  यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन् ।

प्रकाशित : २०७६ फागुन ८ गते १०:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI