प्रधानमन्त्रीले संचारमन्त्रीलाई बोलाए बालुवाटारमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १३:४९
प्रधानमन्त्रीले संचारमन्त्रीलाई बोलाए बालुवाटारमा

काठमाडौं‌। एक स्वीस कम्पनीबाट सेक्युरिटी प्रेस खरीद प्रकरणमा संचारमन्त्री गोकुल बास्कोटा कमिसन लेनदेनमा मुछिएको अडियो सार्वजनीक भएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बास्कोटालाई बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीले अडियो प्रकरण बारे संचारमन्त्रीसँग कुराकानी गर्नेछन् । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच सूचनामन्त्री बास्कोटाको बिषयमा छलफलपछि बास्कोटालाई बालुवाटारमा डाक्ने निर्णय भएको हो । प्रधानमन्त्रीले सञ्चारमन्त्री मन्त्रीका कुरा सुनेर निर्णय लिनेछन् ।

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएसँगै नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड छलफलमा बसेका थिए । बिहिबार बालुवाटारमा सुरु भएको बैठकमा दुई अध्यक्षबीच नियमित भेटघाटका साथै बास्कोटा प्रकरणमा छलफल भएको बताइएको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनीक भएपछि तत्काल मन्त्री पदबाट हटाउन नेपाली कांग्रेस, राप्रपा लगायत पार्टीहरुले माग गरेका छन् । 

प्रकाशित : २०७६ फागुन ८ गते १३:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI